Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – जापानको उत्तरी इलाकामा जङ्गलमा वाँसका तामा खोज्न हिँडेका चार जना गाउँलेलाई भालुले आक्रमण गर्दा मृत्यु भएको छ ।

उत्तरी जापानमा अवस्थित एक ग्रामीण इलाकामा गएका तीन हप्ताभित्र छुट्टाछुट्टै भएका भालुको आक्रमणमा परी उनीहरुको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

एक महिलासहित चार जनाको मृत शरीरमा भालुले टोकेका डामहरु भेटिएको पाइएको कोजुनो प्रहरी कार्यालयका प्रवक्ता नोबुरु ओबुकावाले बताउनुभयो । करिब २.५ किलोमिटरको हिमाली भूभागमा भएको उक्त घटनामा मारिनेमा प्रायः ६५–७० उमेर समूहका वृद्धवृद्धा रहेका छन् ।

प्रहरीले उक्त क्षेत्रमा सावधानीका साथ हिँड्न गाउँलेलाई सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया