फेष्टिवल अगष्ट ६ र ७ तारिखमा हुने
टोकियो – गैर आवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा टोकियोमा हुन लागेको नेपाल फेष्टिवलमा सहभागिताका लागि स्टल बुकिङ खुल्ला गरिएको छ ।
आगामी अगष्ट ६ र ७ गते टोकियो योयोगी पार्कमा हुन लागेको नेपाल फेस्टिवलको पहिलो बृहत बैठकले स्टल बुकिङ खुल्ला भएको जानकारी दिएको हो । सिनोकुबोमा सम्पन्न भएको भेलाले एनआरएनए जापान अध्यक्ष सुदन थापालाई सर्वसम्मत रूपमा मुल आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ ।
नेपाल फेस्टिवल जापान मूल आयोजक कमिटि २०१६ नामक नव गठित कमिटि मातहतमा विभिन्न कमिटिहरू गठन गरिएको छ । स्टलहरुको बुकिङ जुन १२ तारिखबाट खुल्ला गरिएको आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ । एनआरएनए जापान मुख्य आयोजक र जापानमा रहेका विभिन्न संघसंस्थाहरुको सहकार्यमा हुन गईरहेको दुई दिवसीय नेपाल फेष्टिवललाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण संघसंस्था, विधार्थी ,बुद्धिजिवी, पेशाकर्मीलाई सहयोगको निम्ति आयोजकले अपील गरिएको छ । फेष्टिवलबाट आर्जित रकम गैर आवासीय नेपाली संघ जापानले स्थापना गरेको आपतकालीन राहत कोषमा जम्मा गर्ने बताइएको छ ।
आफ्ना सेवा तथा उत्पादनलाई विक्री तथा प्रचारप्रसार गर्नका लागि स्टल राख्न चाहने संघसंस्था र महानुभावहरुलाई सु–सूचीत गर्दै स्टलहरु सिमित संख्यामा भएको र बुकिङ कार्य तीब्र रुपमा भैरहेकोले ढिला नगरी समयमै बुकिङ गर्न आयोजकले सम्बन्धित सबैलाई अनुरोध गरेको छ । त्यस्तै, यो वर्षदेखि नेपाल फेष्टिवल नेपाल र नेपालीलाई चिनाउने दिशामा केन्द्रित हुन सकोस् भन्ने हेतुले नेपाली कला कौशल र चिनारीजन्य सामाग्रीमा बिशेष ध्यान दिई सोही अनुरुपको तयारीमा जुटेको पनि आयोजकको भनाइ छ ।
तपाईको प्रतिक्रिया