Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

प्रतियोगितामा २० टिमको सहभागिता हुने
टोकियो – स्वास्थ्य, राष्ट्र र मेलमिलापको लागि खेलकुद भन्ने मूल नाराका साथ तमु धीं जापान खेलकुद समितिले आयोजना गर्न गइरहेको फुटसल प्रतियोगिताको टाईसिट सार्वजनिक गरेको छ ।
आगामी जुन २६ तारिख आईतबारका दिन टोकियो सेतागाया–कु, हचिमदाई २–१८, हचिमदाई फुटसल कोर्टमा हुन गइरहेको सो प्रतियोगिताको पत्रकार सम्मेलनको आयोजना गरि टाईसिट सार्वजनिक गरेको हो । सिन–ओकुबोस्थित नमस्ते गीत गजल रेस्टुरेन्टमा तमु धीं जापानका अध्यक्ष श्री गुरुङको सभापतित्वमा भएको पत्रकार सम्मेलन र टाईसिट सार्वजनिक कार्यक्रममा खेलकुद संयोजक सौगात गुरुङले प्रतियोगितामा लागू हुने नियमहरुका बारेमा जानकारी गराउनु भएको थियो । प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । प्रतियोगितामा प्रथम हुने टिमले जापानी येन २ लाख ११ हजार १ सय ११, द्वितीय हुने टिमले जापानी येन १ लाख ११ हजार १ सय ११ र फियर प्ले टिम, सर्वोकृस्ट खेलाडी, सर्वोकृस्ट गोल किप्पर, सर्वोकृस्ट डिफेन्डर र हाई स्कोरर खेलाडीले नगद सहित ट्रफी पाउने पत्रकार सम्मेलनमा संयोजक सौगात गुरुङले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा धींका महासचिव अमर गुरुङले स्वागत मन्तव्य दिनु भएको भएको थियो भने टोकियो ब्रदर्शका टिम मेनेजर सचिन श्रेष्ठले आयोजक तमु धीं जापानलाई प्रतियोगिता आयोजना गर्नु भएकोमा धन्यवाद तथा सम्पूर्ण टिमका खेलाडीहरुलाई शुभकामना दिनु भएको थियो ।

footballa
प्रतियोगितामा सहभागी टिमका नाम र ग्रुप सार्वजनिक गरियो । जसअनुरुप ग्रुप ‘ए’ मा तमु धीं जापान (ए), राईजिंग नेपाली (बी), जीवाईसी, इनद्रेणी एफ्सी र विनिंग ११ रहेका छन् भने ग्रुप ‘बी’ मा एभरेस्ट एफ्सीतोचिगी, नेपाल युनाईटेड, शुभाराशी एफ्सी, टोकियो ब्रदर्स (जी) र सनसाईन एफ्सी रहेका छन् । त्यस्तै ग्रुप ‘सी’ मा तमु धीं जापान ‘बी’ ,स्याङ्जा समाज जापान, मनकामना एफ्सी, बाँके बर्दिया एफ्सी र राईजिंग नेपाल ‘ए’ तथा ग्रुप ‘डी’ मा नेवारी किचन, हाईजिमा एफ्सी, हिमालईओन एफ्सी, टोकियो ब्रदर्श ‘सेतो’ र सुभाराशी हिरोस रहेका छन् । कार्यक्रमको अन्तमा तमु धीं जापानका अध्यक्ष श्री गुरुङले खेलाडी राष्ट्रका प्रमुख अंग हो र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले राष्ट्रको परिचय गराउँछ भनेर केही उदाहरणहरु दिनु भएको थियो भने सहभागी टिम तथा टिमका खेलाडीहरुलाई अनुसाशनका साथ आफ्नो कला देखाएर प्रतियोगिता सफल गराउन अनुरोध गर्नु भएको थियो ।

football

तपाईको प्रतिक्रिया