Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

भक्तपुर – सरोकारवालाहरुले बालश्रम अन्त्यका लागि गरिबी निवारण र जनचेतनामूलक कार्यक्रम सँगसँगै लैजानुपर्ने औँल्याएका छन् । बालश्रम विरुद्धको विश्व दिवसका अवसरमा आज आयोजित प्रभातफेरी कार्यक्रममा सहभागीले बालबालिकालाई श्रममा लगाउनेलाई कानुन बमोजिम कडा कारबाही हुनुपर्नेमा समेत जोड दिए ।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश पौडेलले बालबालिकालाई श्रम लगाउनाको मुख्य कारण गरिबी भएकाले बालश्रम उन्मूलनका लागि गरिबी निवारण कार्यक्रम समेत सँगसँगै लैजानुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई शिक्षाबाट वञ्चित गर्नु हुँदैन भन्ने सन्देश अभिभावकलाई दिन सकेमा बालश्रम अन्त्यका लागि ठुलो भूमिका खेलिने धारणा पनि राख्नुभयो । कार्यक्रममा सहभागी सूर्यविनायककी कान्छी तामाङले बालबालिकालाई काममा लगाउनेलाई कानुनबमोजिम कडा कारबाही नभएसम्म हाम्रोजस्तो सामाजिक परिवेश भएको मुलुकमा बालश्रम अन्त्य हुन लामो समय लाग्नसक्ने बताउनुभयो ।

सेभ द चिल्ड्रेनका भक्तपुर संयोजक भरत तामाङले बालश्रम अन्त्यका लागि उनीहरूका अभिभावक मात्र नभएर काममा लगाउने मालिकलाई पनि सचेत बनाउनुपर्ने सुझाव दिनुभयो । जिल्ला बालकल्याण समितिद्वारा आयोजित प्रभातफेरीपछि कमलविनायकस्थित बसपार्कमा रहेका सार्वजनिक सवारीसाधनमा बाल मजदुर प्रयोग नगरौँ भन्दै सवारीसाधनमा बालश्रम विरुद्धको जनचेतनामूलक कार्यक्रमसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया