काठमाडौँ – उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बजेट राष्ट्र निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ ।
पत्रकार शोभराज बरालद्वारा लिखित ‘जुनकिरी’ नामक पुस्तकको मंगलबार विमोचन गर्दै मन्त्री पाण्डेयले बजेटले मुलुकमा रोजगारी सिर्जना गर्न साना तथा मझौला उद्योगलाई सहुलियत उपलब्ध गराएको र व्यवसायीलाई प्रवद्र्धन गरेको बताउनुभएको हो ।
उहाँले नयाँ बजेटमा ऊर्जा क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखी सरकार तथा जनताको संयुक्त लगानीमा आयोजना अगाडि बढाउन खाजेको विचार व्यक्त गर्नुभयो ।
उहाँले देशका विभिन्न जिल्लामा खनिज पदार्थको उत्पादनका लागि सम्भाव्यताको अध्ययन भइरहेको जानकारी पनि दिनुभयो ।