वर्ल्ड नेवाः अर्गनाइजेशन जापानब्यापी अभियानमा
टोकियो – आफ्नो जीवन जापानबासी नेपालीहरुको हातमा रहेको भन्दै जीवन रक्षाका लागि याचना गरेकी मुटुरोगी भिमाकुमारी श्रेष्ठको उपचारका लागि सहयोग जुटाउन वर्ल्ड नेवाः अर्गनाईजेशन जापानले
जापानब्यापी अभियान सुरु गरेको छ ।
सो संस्थाले ५० हजार येन बराबरको कोष स्थापना गरेको घोषणा गर्दै थप सहयोगका लागि जापानब्यापीरुपमा अपिल गरेको हो । भिमाको जीवन रक्षाका लागि सहयोग राशी जुटाउन जापानब्यापीरुपमा आफ्नो संयन्त्र परिचालन गर्दै एक नेपालीलाई परेको बिपत्तिमा सहयोग गर्न जापानबासी नेपाली समुदाय तथा संघसंस्थाहरुमा अपिल गरेको छ ।
संकलित रकमको विवरण संस्थाको फेसबुक पेज तथा बिभिन्न सञ्चार माध्यम मार्फत सार्बजनिक गरी पीडितलाई हस्तान्तरण गरिने बताईएको छ ।
जापानबाटै सञ्चालित लोकप्रिय अनलाईन पत्रिका समुद्रपारि डट कम मार्फत ओखलढुंगाकी भिमाकुमारी श्रेष्ठको मुटुको भल्भ तुरुन्त फेर्नुपर्ने अत्यन्त संवेदनशील अवस्थामा पुगेको भन्दै सहयोगको लागि याचना गरिएको समाचार आइतवार प्रकाशमा आएसंगै जापानका बिभिन्न संघसंस्थाहरुले भिमाको जीवन रक्षाका लागि सहयोग जुटाउन लागिपरेका हुन् । जसअननुसार नेपाली विद्यार्थी समाज जापान, नेपाल जापान विद्यार्थी समाज, नेपाल पत्रकार महासंघ जापान, नेपाली जनप्रगतिशील मोर्चा जापान, वर्ल्ड नेवा अर्गनाईजेशन लगायतका संघसंस्थाहरु भिमाको जीवन रक्षाका लागि सहयोग जुटाउन लागिपरेका छन् ।
वर्ल्ड नेवा: अर्गनाईजेशन जापानले सहयोगका लागि जनकराज शाक्यको हुलाक खाता नं 10130-78088661 मा रकम दाखिला गर्न अपिल गरेको छ ।यसका साथै थप जानकारीका लागि आ-आफ्ना क्षेत्रमा रहेका देहायका ब्यक्तिहरुलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
टोकियोमा : इन्दिरा सुजुकी ०९०-४६६६-९४६५, सबिता तुलाधर ०८०-४९४६-६४२६, गंगा डंगोल ०८०-५१९३-५५६४, संगीता शाक्य ०७०-१३०८-४४८४, रामभक्त जोशी ०९०-६५२४-३६९७, सुनिलकुमार शाक्य ०८०-९६७४-६०१४, ईश्वर जोशी ०८०-३४६२-४२७२, जनकराज शाक्य ०८०-३३६७-०५९४, कृष्णबदन जोशी ०९०-६४९६-८४६३, सन्दिपनारायण शाक्य ०९०-२९२६-४४८४, बिकाश श्रेष्ठ ०८०-११६६-४६५४, राजीब श्रेष्ठ ०८०-४३३१-११९९
योकोहामा : सिद्धार्थ श्रेष्ठ ०८०-४०५७-४७३०
कानागावाकेन : राजेन्द्र श्रेष्ठ ०८०-३४४७-७१९२
ओसाका: दिनेश श्रेष्ठ ०९०-९८८०-२५४५, सुरेन्द्र श्रेष्ठ ०९०-३६२७-२८५३
फुकुओका : रामकृष्ण श्रेष्ठ ०८०-३३७८-४०५२
ओकिनावा : नारायण जोशी ०९०-६८६०-०४८६
क्योटो : रमेश श्रेष्ठ ०९०-१९१४-८८४९
नागोया: जनक श्रेष्ठ तथा राजेन्द्र श्रेष्ठ ०९०-९९१९-८७७७
सेन्दाई : रामकृष्ण डंगोल ०९०-९७४०-४९०९
गुन्माकेन : रंजनीया अमात्य ०९०-२२१४-६८९७
तोचिगी केन: सुरेन्द्र श्रेष्ठ ०९०-८५६९-७७४५
होक्काइदो : श्री हरि श्रेष्ठ ०९०-८९०५-९८६१