Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो -पछिल्लो समयमा नेपाली टाउनको रूपमा आफ्नो परिचय बनाउँदै गरेको टोकियोको सिनओकुबोमा नेपाली कलाकर्मीहरूको एक समूहले ‘गीत गजल’ सञ्चालनमा ल्याएका छन् । २०११ मा नमस्ते व्याण्डका संस्थापक तथा गायक इश्वर गुरूङको संयोजनमा स्थापना भएको नेपाल जापान सांस्कृतिक प्रतिष्ठानले करीव ३ करोड नेपाली रूपैयाँको लगानीमा ‘गीज गजल’ सञ्चालनमा ल्याएको बताएको छ । प्रतिष्ठानमा गुरूङसँगै गायक रामकृष्णबम मल्ल, गायक अमर गुरूङ, गायक सुदिन गुरूङ, व्यवसायी विजय थकाली, रविन शेरचन, विष्णु अर्याल, कुमार लामा र सिताराम केसीको संलग्नता रहेको छ । १५० सीट क्षमताको गीत गजल रेष्टुरेन्टको हालै एक समारोहबीच जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, एनअारएनका केन्द्रीय उपाध्यक्ष भवन भट्ट, गायक तथा सञ्चालकमध्येका एक इश्वर गुरूङ, बक्सिङ खेलाडि सिवाता कुनियाकी, प्राध्यापक उजवा योसोकाजु, संगीतकार सुष्मा अाेमाता मल्ल, एनअारएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, साहित्यकार पिताम्बर चापागाई, गायक विजय लामा, भरत सिटाैला, नायिका सुष्मा कार्की लगायतले संयुक्त रूपमा रिवन काटेर गीत गजलको विधिवत उद्घाटन गर्नुभएको हो ।
जापानको व्यस्त दैनिकीमा दिनभरको थकानलाई संगीतको तालमा विश्रम गर्ने चाैतारीको रूपमा गीत गजललाई अगाडि बढाउने सञ्चालकहरूले बताएका छन् । त्यसो त रेष्टुरेन्टबाट अार्जित मुनाफाको केही प्रतिशत नेपाली भाषा, कला, साहित्य, संगीत तथा खेलकूदको क्षेत्रमा सहयोग गरिने बताइएको छ । नेपाल र जापानको सांस्कृतिक सम्बन्ध र विस्तारको लागि पनि जापानमा क्रियाशिल नयाँ तथा पुराना स्रष्टाहरूलाई प्रतिष्ठानमा एकिकृत गर्दै लैजाने पनि योजना रहेको छ ।

उद्घाटन समारोहमा गायक अमर गुरूङ र रामकृष्ण बम मल्लले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए भने जापानी गीतकार, संगीतकार तथा गायिका सेको मेहेकोले जापानको राष्ट्रिय गान, कोतो समूहले जापानी माैलिक बाजा, नाकानो काचुमीले बाँसुरीको प्रस्तुति राखेका थिए । साथै जापान भ्रमणमा रहेका विजय लामा, भरत सिटाैला, नायिका सुष्मा कार्कीले पनि आ-आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । अवागिना कल्चरल ग्रुप जापानको लोक नाच समेत प्रस्तुत गरिएको थियो ।
इश्वर गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक तथा संचालक समितिका सदस्य अमर गुरूङको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम संचालन गायक तथा समितिका सदस्य रामकृष्ण बम मल्ले गरेका थिए ।
कार्यक्रममा अतिथि भवन भट्ट, प्रमुख अतिथि गेहेन्द्रराज भण्डारीद्वारा संचालकहरूलाई खादार्पण गरी बधाई तथा शुभकामना दिनुभएको थियो । ***

git gajal

तपाईको प्रतिक्रिया