Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियोमा नेपालीले ’कृषि प्रदर्शनी’ गर्ने टोकियो – जापानको राजधानी टोकियोमा कृषिजन्य वस्तु र खाद्यान्न प्रदर्शनीको साथै ‘जापानको कृषि क्षेत्रमा नेपालीहरूको सम्भावना, यहाँको कृषिपद्धति र प्रविधिलाई नेपालसँग कसरी ‘जोड्ने’ विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

लुम्बिनी ग्रुप अन्तर्गत रहेको ईको हर्ट बचत कम्पनीको आयोजनामा यही जुन १९ तारिख आइतबार हुन लागेको कार्यक्रममा जापानका उत्कृष्ट कृषि तथा खाद्यान्न विज्ञहरुको सहभागिता रहने आयोजकले बताएको छ ।

टोकियोको शिनओकुबोस्थित सोलमारी रेष्टुरेन्टमा हुने उक्त अन्तरक्रिया कार्यक्रममा जापान एग्रिकल्चरका कृषि विज्ञ, जापान फर्टिलाईजरका मल विज्ञका साथै होक्दाईदौ रामेन कम्पनीका प्रबन्ध निर्देशक लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रम संयोजक एवं पत्रकार नारायण रिमालले बताए ।

जापानको व्यावसायिक कृषि क्षेत्रमा छोटो समयमै स्थापित भएको लुम्बिनी ग्रुपले जापान सरकारबाट व्यावसायिक कृषिका लागि अनुमति प्राप्तगरी जापानको होक्काईदो स्टेटमा १५ हेक्टर जमिनमा आधुनिक खेती गरिरहेको छ ।

कृषि प्रदर्शनीबाट जापानमा सञ्चालित नेपाली रेष्टुरेन्ट ब्यवसायीहरुलाई प्रत्यक्ष लाभ पुग्ने कम्पनीका प्रबन्ध निर्देशक विष्णु गिरीले बताए । त्यस्तै कार्यक्रममा जापानको कृषि क्षेत्रमा नेपाली लगानीको सुनिश्चितता र नेपालको कृषि क्षेत्रको विकासमा प्रवासीहरुको भूमिकाको बारेमा पनि प्रस्ट पारिने गिरीले बताए ।

कार्यक्रम दिउँसो दुई बजे सुरु हुनेछ । कार्यक्रममा आयोजक संस्था अन्तर्गत रहेको ईको हर्ट बचत कम्पनीद्धारा उत्पादित कृषिजन्य वस्तुहरूको जानकारी तथा यसको प्रयोगबाट नेपाली तथा ईण्डियन रेष्टुरेन्टका व्यवसायमा सुधार ल्याउन अवधारणा समेत तयार गरिने छ ।

तपाईको प्रतिक्रिया