काठमाडौं – लाओसविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार (आज) त्यसतर्फ प्रस्थान गर्दैछ ।
टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबारै आयोजित एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ । नेपाली टोली थाइ एअरवेजको विमानमार्फत् थाइल्यान्डको बैंकक हुँदै लाओसको भियानतियान पुग्नेछ ।
नेपालले आगामी आइतबार नेपाली समयअनुसार साँझ सवा ५ बजेदेखि लाओसविरुद्ध मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।
लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेललाई प्राथमिकता दिएको हो ।
लाओसविरुद्धको खेलका लागि नेपाली टोलीमा अनिल गुरुङ, किरण चेम्जोङ, भरत खवासलगायतका खेलाडीले पुनरागमन गरेका छन् ।
तपाईको प्रतिक्रिया