Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं– विभाजित भएका माओवादीहरुबीच आज एकता हुने भएको छ ।
आज एक कार्यक्रम गर्दै एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी लगायत घटकबीच एकता हुन लागेको हो । एमाओवादी, रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) को विद्रोही पक्ष, मणी थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता हुनेछ ।
पार्टीको केन्द्रीय समितिमा ६ सय ९९ सदस्य हुनेछ । आज ५ सय ९९ सदस्य केन्द्रीय समिति घोषणा हुने, बाँकी १ सय सदस्यपछि एकता प्रक्रियामा आउनेका लागि खाली राख्ने एमाओवादीले जनाएको छ ।
स्वतन्त्र रहनु भएकी जयपुरी घर्तीलगायत अरु केही नेताहरु पनि माओवादी एकता प्रक्रियामा सामेल हुने पक्कापक्की भएको छ । एकताअघि विधानसहित नीति कार्यक्रमका विषयमा छलफल गर्न अहिलेकेहीबेरमा संयोजन समितिको बैठक बस्दैछ । एकता अधिवेशन भने दिउँसो १ बजेबाट सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया