श्रीलंका – श्रीलंकमा भारी वर्षा पछि गएको पहिरोमा परी २ सय भन्दै धेरै मानिसहरु हराईरहेको आशंकामा खोजी कार्य तिव्र पारिएको छ ।
दिनभरी परेको मुसलधारे वर्षा पछि श्रीलंकाको केगाले जिल्लाको गएको पहिरोमा २ सय भन्दा धेरै मानिस पुरिएको रेडक्रसले जनाएको छ ।अहिले सम्म १३ जनाको शव फेला पारिएको छ भने १ सय ५० जनाको उद्धार गरिएको छ ।
रेडक्रसका अनुसार ६० घर माटोमा पुरिएको छ । तीन दिन यताको लगातारको वर्षा पछि आएको बाढीका कारण अन्य ३२ जनाको मृत्यु भइसकेको छ ।
बाढीका कारण ३ लाख ५० हजार मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन् । उद्धारका लागि ३ सय जना उद्धरकर्मी खटाइएको छ । एजेन्सी –