चितवन – पहिरोका कारण मंगलबारदेखि एकतर्फी सन्चालन हुँदै आएको मुग्लिन नारायणगढका सवारी–साधन बुधबार बिहान पहिरो हटाएपछि दुबैतर्फी सन्चालनमा आएको छ ।
सडक सुचारु भएपछि रोकिएका सवारी–साधन गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
साँझ अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातर्फ खुलाइएको थियो । बुधबार बिहानबाट भने दुईतर्फी बाटो खुलेपछि यातायात सहज बन्दै गएको चितवन प्रहरीले जनाएको छ ।
मंगलबार साँझ भारी वर्षासँगै खसेको चन्डीभन्ञ्याङ–९ स्थित नौकिलो भन्ने स्थानमा पहिरो खसेको थियो ।