बेलायत – विश्वको सबैभन्दा ठूलो पानी जहाज हार्मनी अफ द सिज बेलायत पुगेको छ । बेलायतको साउथह्यामप्टन पुगेको जहाजको लम्बाई तीन सय ६१ मिटर छ ।
यसको मूल्य १२ अर्ब रुपैयाँ पर्छ । पाँच हजार चार सय ९७ जना यात्रु क्षमताको यो जहाजमा २० वटा रेस्टुरेन्ट तथा २३ वटा स्विमिङ पुल छन् । यो जहाजको निर्माण झण्डै साढे दुई वर्षमा पूरा भएको हो ।
७० मिटर अग्लो यो जहाजको पहिलो परीक्षण उडान गएको मार्च महिनामा गरिएको थियो । जहाजमा यात्रुका लागि १६ वटा गेस्ट डेक्स छ । जहाजमा रहेको बगैँचामा ५२ वटा रुख छन् ।
यो जहाजमा ११ हजार दुई सय ५२ कलाकृति सजाईएको छ । २९ मेमा हार्मनी अफ द सिज बार्सिलोना गएर गर्मिभर विश्राम गर्नेछ ।