काठमाडौं – अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा लुम्बिनी आउने निम्तो पाएका चिनियाँ राष्ट्रपति सि जिनपिङ आगामी अक्टोबरमा काठमाडौं आउन लाग्नुभएको छ ।
लुम्बिनी र काठमाडौंमा आयोजित वौद्ध सम्मेलनमा चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतलाई नेपालले निम्तो पठाएको थियो । तर, दुबै देशका सरकार प्रमुखहरु सम्मेलनमा भाग लिन आउन सकेनन् ।
चिनियाँ राष्ट्रपति सि आगामी अक्टोबरमा दुई दिनका लागि भारतको गोवा जादैहुनुहुन्छ । सि गोवा जाने क्रममा छोटो समयका लागि काठमाडौं आउन सक्ने स्रोतले बताएको छ । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो( ‘चिनियाँ राष्ट्रपतिले गोवा भ्रमणका बेला नेपालको भ्रमण गर्ने गरी समय मिलाउने गृहकार्य भइरहेको छ ।’
आगामी अक्टोबर १५ र १६ मा भारतको गोवामा ब्रिक्सको आठौं शिखर सम्मलेनमा भाग लिन चिनियाँ राष्ट्रपति त्यहाँ जान लाग्नुभएको हो । भारतले अध्यक्षता गर्ने सो शिखर सम्मेलनमा ब्रिक्समा आवद्ध ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकाका सरकार प्रमुखहरु समेत सहभागी हुने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया