Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – विश्वभर रहेका गैर आवसीय नेपाली संघ (एनआरएनए)को नेटवर्क प्रयोग गर्दै नेपालको पर्यटन प्रबद्र्धनका लागि ‘अतिथि देवो भवः’ अभियान चलाइने भएको छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरि ‘अतिथि देवो भवः’ अभियान सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड र एनआरएनएबीच सम्झौता गरिएको छ । सम्झौता पत्रमा बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र एनआरएनएका तर्फबाट केन्द्रिय उपाध्यक्ष भवन भट्टले हस्ताक्षर गरे । कार्यक्रममा पर्यटन मन्त्री आनन्द पोखरेल तथा सचिव प्रेमकुमार राईको समेत उपस्थिति रहेको थियो ।

NRNAA
सम्झौता अनुरुप नेपालभित्र राष्ट्रियस्तरमा अतिथि सत्कारको क्षेत्रमा जागरुकता ल्याउने र आतिथ्यलाई क्रियाकलापमा परिवर्तन गर्ने किसिमका कार्य गर्ने, पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने र आन्तरिक पर्यटन वृद्घि गर्ने, विदेशमा नेपालका पर्यटकीय क्षेत्र तथा आतिथ्यको ७५ मुलुकमा रहेको एनआरएनए नेटवर्क प्रयोग गरी त्यहाँका सरकारी निकायका साथै नेपालीको सहयोगमा अएआरएनए र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा विभिन्न कार्यक्रम गरी ‘अतिथि देवो भवः’ अभियान विदेशमा पनि प्रचार–प्रसार गर्ने रहेको छ । त्यस्तै, सो कार्यलाई विश्वस्तरमा परिणाममुखी बनाउन एनआरएनएका ७५ देशका एनसीसीका अध्यक्षलाई गुडविल एम्बास्डर बनाउने भएको छ । नेपालमा आएका विदेशी पाहुनालाई फेरि भ्रमण गर्ने वातावरण बनाउने र अरूलाई पनि भ्रमणका लागि सिफारिस गर्न प्रेरित गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

NRNA 1
भूकम्प पछिको नकारात्मक सन्देश हटाउँदै सन् २०१८ सम्ममा नेपालमा पर्यटकको संख्या उल्लेख्य रुपमा वृद्धि गर्ने पनि सझौता पत्रमा उल्लेख गरिएको छ । सम्झौता अनुसार अभियानको सञ्चालन एनआरएनएले गर्ने, पर्यटन बोर्डले सहजीकरण र प्रबद्र्धनमा सहयोग गर्ने तथा पर्यटन मन्त्रालयले सफलताको मुल्यांकनसहित स्वदेश र विदेशमा यो अभियानलाई आवश्यक पर्ने सरकारी सहयोग उपलब्ध गराउने रहेको छ । अभियान सञ्चालनकै लागि एनआरएनएका उपाध्यक्ष भवन भट्टको अध्यक्षतामा टुरिजम प्रमोशन नेपाल कमिटि समेत गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया