काठमाडौँ – काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा यहि जेठ महिनाभर हरेक बुधवार मधुमेहको रोगको निःशुल्क परीक्षण हुने भएको छ ।
अस्पतालको इन्डोक्राइनोलोजी तथा डायबेटोलोजी विभागमा जेठ महिनाभर हरेक बुधबार अर्थात् जेठ ५ गते (आज) १२ गते, १९ गते र २६ गते इन्डोक्राइनोलोजिष्ट तथा डायबेटोलोजिष्ट डा सन्देश पन्थीसंगको निःशुल्क परीक्षणसँगै युरिन डिपिष्टिक तथा ग्लुकोमिटरको परीक्षणसमेत निःशुल्क गर्न सकिने अस्पतालले जनाएको छ ।
अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समयसमयमा यस किसिमका निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको सञ्चार तथा जनसम्पर्क प्रबन्धक विनोद अधिकारीले जानकारी दिनुभयो ।