काठमाडौं – काठमाडौं प्रहरी परिसरले संघीय गठबन्धनले गरेको राजधानी केन्द्रित आन्दोलन शान्तिपूर्ण नै भएको निष्कर्ष निकालेको छ ।
सिंहदरबार र बालुवाटार घेराउका क्रममा टुटफुट बाहेक ठूला घटना नभएको प्रहरीले बताएको छ। २२ दलीय दलहरु सम्मिलित संघीय गठबन्धनले यही जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ ।
देशको मुख्य प्रशासनिक केन्द्र घेराउ गरेका मधेसवादी तथा जनजाति पार्टीहरुले मंगलबार बालुवाटारमा धर्ना दिए।
आन्दोलन अवधिभर ८ जना प्रहरी सामान्य घाइते भएका छन्। आन्दोलनकारीतर्फ पनि ठूलो क्षति नपुगेको प्रहरीले दाबी गरेको छ । भीडको मनोविज्ञान बुझ्न प्रहरी सफल भएको भन्दै ठूलो घटना नभएको काठमाडौंका एसएसपी विक्रमसिंह थापाले बताए। भीडको गति कता जाँदैछ भन्ने अनुमान गरेर नै त्यहीअनुसार प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।
आन्दोलनकारीले भिजलान्ते भन्दै बाटो हिँड्ने बटुवालाई घाइते बनाएको भन्दै दुख व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया