काठमाडौं – गृहमन्त्री शक्तिबहादुर बस्नेतले लगातार दिनदेखी जारी संघीय गठबन्धनको आन्दोलनका क्रममा कुनैपनि अप्रिय घटना हुन नदिन गृह मन्त्रालयले पर्याप्त सुरक्षा व्यवस्था मिलाएको बताउनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले राजधानीमा गरेको कार्यक्रममा गृहमन्त्री बस्नेतले आन्दोलनका क्रममा सर्वसाधारणको जनजीवन नियमित र सुचालु गर्न मन्त्रालय सचेत रहेको बताउनुभयो । उहाले शान्तिपूर्ण वार्ता मार्फत समाधान खोज्न आन्दोलनरत पक्षसँग आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. पारशकुमार आचार्य, प्राध्यापक डा. जावेद अहमद खाँ लगायतले कर्णालीका दुर्गम जिल्लाहरुमा स्वास्थ सेवा अझै चुनौतीपूर्ण अवस्था रहेको बताउनुभयो ।