काठमाडौं – वाणिज्यमन्त्री जयन्त चन्दका श्रीमती र छोरीका नाममा काठमाडौं र ललितपुरमा गरी दुई रोपनी चार आना जग्गा रहेको छ ।
उहाँसँग सवारी साधनका नाममा एक मारुती सुजुकी कार रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा जनाइएको छ ।
त्यस्तै सुन १ सय ५ तोला, चाँदी एक हजार ५ सय तोला र ४ थान हिराका साथै सिद्धार्थ, एभरेस्ट र हिमालयन बैँकमा एक करोड ९५ लाख ४९ हजार ३०५ रुपैयाँ मौज्दात तथा विभिन्न बैंक तथा संस्थाका ६ सय ३६ कित्ता सेयर रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।
उहाँका पिता लोकेन्द्रबहादुर चन्दका नाममा भने भक्तपुरको मध्यपुर थिमिमा एक रोपनी ११ आना दुई पैसामा बनेको घर रहेको उल्लेख छ ।
तपाईको प्रतिक्रिया