Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – ‘सुनौला एक हजार दिनको जनजागरण अभियानलाई केन्द्रविन्दु बनाई छिट्टै नयाँ टेलिसिरियल दर्शकसामु आउने भएको छ ।
कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले ‘तीतो सत्य’ र कलाकार जितु नेपाल ‘जिरे खुर्सानी’ नामक हास्य कार्यक्रम मार्फत दर्शकको मन जित्दै आउनुभएको थियो । हाल ती कार्यक्रम बन्द अवस्थामा छन् ।
अब ती कलाकारले संयुक्त रुपमा सो अभियानलाई केन्द्रबिन्दु बनाई छिट्टै नयाँ टेलिसिरियल दर्शकसामु ल्याउने भएका हुन् । नयाँ कार्यक्रममा ८० प्रतिशत मनोरञ्जन र बाँकी सन्देश हुने जनाइएको छ ।
सुनौला एक हजार दिनको जनजागरण अभियान’का प्रवद्र्धकमा हास्य कलाकारद्धय जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त हुनुभएको छ ।
गर्भधारण भएदेखि शिशु दुई वर्षको समयावधि (एक हजार दिन)मा गर्भवती तथा तिनका अभिभावकलाई पोषणको महत्व, जानकारी तथा व्यवहार परिवर्तन गर्न नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालयले बहुक्षेत्रीय पोषण योजनालाई थप कार्यान्वयन गर्ने क्रममा सो अभियान सुरु गरेका हुन् ।
यसअघि सो अभियान अन्तर्गत पोषण तथा खाद्य सुरक्षाका राष्ट्रिय दूतका रुपमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का चयन भइसक्नुभएको छ ।
राष्ट्रिय योजना आयोग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को आर्थिक एवम् प्राविधिक सहयोगमा आज राजधानीमा आयोजित कार्यक्रममा योजना आयोगका सदस्य प्रा डा गीतभक्त जोशी र ती कलाकारका बीच प्रवद्र्धनसम्बन्धी द्विपक्षीय समझदारी भएको थियो ।

तपाईको प्रतिक्रिया