Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १५० जनाभन्दा बढी कुकुरको टोकाइबाट उपचारका लागि आउने गरेका छन् ।
अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरीका अनुसार करिब २०० बिरामीमध्ये १५० भन्दा बढी बिरामी कुकुरको टोकाइका कारण अस्पताल आउँछन् । काठमाडौँ उपत्यकामा रहेका भुस्याहा कुकुरको नियन्त्रण हुन नसक्दा कुकुरले टोकेका बिरामीको संख्या पनि घट्न नसकेको उहाँको भनाइ छ । यसका लागि काठमाडौँ महानगरपालिकासँगको समन्वयमा कुकुर नियन्त्रणका विभिन्न कार्यक्रम भइरहे पनि प्रभावकारी हुन सकेको छैन्।
अस्पतालमा आउने अधिकांश बिरामीको उपचार सफल हुने गरेको भए पनि गत वर्ष रेबिजको लक्षण देखिइसकेकाले चार जनाको मृत्यु भएको थियो ।
बिरामीमध्ये सर्पको डसाइका कारण दैनिक पाँच जनासम्म उपचारका लागि अस्पताल आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया