Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ  – विभिन्न अपराध गरी जेल सजाय भोगेका कैदीबन्दीको तथ्याङ्क सहजरुपमा थाहा पाउन कारागार व्यवस्थापन विभागले ‘कारागार व्यवस्थापन सूचना प्रणाली’को स्थापना गरेको छ ।
एउटा कैदीबन्दीको नाममा अर्को कैदीबन्दीले भुक्तान पाउने र जेलमुक्त हुने गरेपछि कारागार व्यवस्थापन विभागले यस्तो सूचना प्रणाली स्थापना गरेको हो । हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजार कैदीबन्दी रहेका छन् ।
विभागका महानिर्देशक हिमनाथ दवाडीले सूचना प्रणालीमा कारागार जाने समय, कैदीको फोटो, कारागारमा बसेको समय, कैदीबन्दीको परिवार, कैदीबन्दीको सरुवा, कैदीबन्दीको हातेप्रिन्ट, कैदीबन्दीको मृत्यु, कैदीबन्दीको कारागारबाट निस्कने समय आदिको अभिलेख सूचना प्रणालीमा राखिएकोे बताउनुभयो ।
दवाडीले भन्नुभयो, “हामीले सम्बन्धित कारागारलाई ‘युजर नेम र पासवर्ड’ उपलब्ध गराउँछौँ, उहाँहरुले आआफ्नो कारागारको कैदीको अवस्थाबारे सूचना प्रणालीमा हाल्नुहुन्छ, हामीले विभागबाट सबैको बारेमा जानकारी लिन सक्छौँ ।”
दवाडीले सूचना प्रणालीका बारेमा पाँचवटै विकास क्षेत्रमा तालिम सञ्चालन गरेको र जेठ १ गतेदेखि प्रयोगमा ल्याइसकेको समेत बताउनुभयो । हाल नेपालमा १६ हजार ३५२ पुरुष, एक हजार २८८ महिला, एक हजार ४६ विदेशी, २०० बालकैदी र ९६ आश्रित बालबालिका रहेका छन् । ७२ जिल्लामा रहेका कारागारमध्ये १९ जिल्लामा महिला कैदीबन्दी छैनन् ।

तपाईको प्रतिक्रिया