सरकारद्वारा निषेधाज्ञा जारी
काठमाडौं – अधिकार प्राप्तिको लागि जेठ २ गतेगते देखि आन्दोलनमा उत्रेका संघीय गठबन्धनले आज प्रधानमन्त्री निवास बालुटार घेराउ गर्ने भएको छ ।
लगातार दुई दिन सिंहदरवार घेराउ गरेको मोर्चाले आफ्ना पूर्वघोषित कार्यक्रम अन्तर्गत आज सिंहदरवार घेराउ गर्न लागेको हो । उनिहरुले प्रधानमन्त्री निवास आसपास नाराजुलुस लगाउने र धर्ना दिने कार्यक्रम बनाएका छन् ।
यता, गठबन्धनले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने कार्यक्रम बनाएसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ ।
प्रजिअ रामकृष्ण सुवेदीको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजैका मितिदेखि लागू हुने गरी थप संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि निषेधित क्षेत्र तोकेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको १०० मि सम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मि सम्म निषेधित क्षेत्र तोकिएको छ ।
यस्तै, सुरक्षा समिति बैठकले प्रधानमन्त्री, सभामुख तथा प्रधान न्यायाधीशको सरकारी निवास वरपर पनि निषेधित क्षेत्र बढाएको छ ।
तपाईको प्रतिक्रिया