काठमाडौं –उच्चमाध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले तत्काल राष्ट्रिय शिक्षा आयोग गठनको माग गर्दै ४६ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
हिसानको सातौँ राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रका विभिन्न विषय समेटिएर पारित गरेका ४६ बुँदे घोषणापत्र नवनिर्वा्चित अध्यक्ष रमेश सिलवालले आज पत्रकार सम्मलेनमार्फत सार्वजनिक गर्दै कक्षा ११ र १२ को परीक्षाको परीक्षाफल प्रकाशन गर्दा ७५ प्रतिशत ल्याउनेलाई विशिष्ट, ६० प्रतिशतलाई प्रथम श्रेणी, ४५ प्रतिशतलाई द्वितीय र ३५ प्रतिशतलाई तृतीय श्रेणी खुलाउनुपर्ने माग गर्नुभयो ।
यस्तै दश जोड दुईलाई कम्तीमा १० वर्ष सञ्चालन गर्न दिनुपर्ने र शिक्षा क्षेत्रमा लगाइएको १ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्नुपर्ने माग गरिएको छ ।
अध्यक्ष सिलवालले शिक्षा क्षेत्रमा आएका चुनौती समाधान गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै अहिले सरकारले ल्याउन थालेको शिक्षा ऐनको मस्यौदा अव्यावहारिक भएकाले सच्याउनुपर्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया