Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – हालै कुमामोतो क्षेत्रमा गएको भूकम्प र त्यसपछिको अवस्थावारे टोकियो स्थित नेपाली राजदूतावासमा छलफल भएको छ ।

कुमामोतो आसपासको क्षेत्रमा केही दिनदेखि निरन्तर गएको भूकम्पबाट पीडित पक्षलाई नेपालीको तर्फबाट गर्न सकिने सहयोगको बारेमा नेपाली राजदूतावास, एनआरएनए लगायत यहाँका क्रियाशील संघ संस्थाहरुको सहयोगमा गठित ‘बिशेष राहत समितिले’ आफ्नो उद्देश्य र लक्ष्यका बारेमा समीक्षा गर्दै अहिलेसम्म भएका कार्यको बारेमा समेत जनाकारी गराईएको थियो ।

जापानबासी नेपालीहरुबीचको एकतालाई ध्यानमा राख्दै नेपालीहरुद्वारा गरिने सहयोगलाई कसरी ब्यवस्थित एवं मर्यादित बनाउने र नेपाली साखलाई अझ उच्च बनाउँदै पीडितसमक्ष पुर्‍याउने भन्ने विषय छलफल भएको थियो ।

छलफलबाट सबै संघसंस्थाहरुसंग हातेमालो गर्दै अगाडि बढ्ने निचोड निकाल्दै यही अप्रिल २४ तारिखका दिन जापानमा क्रियाशील संघसंस्थासंग बृहत छलफल गरिने भएको छ । छलफलबाट सबै संघसंस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन अरु संघसंस्थाहरुलाई पनि समितिमा संलग्न गरी पूर्णता दिईने बताइएको छ ।***

तपाईको प्रतिक्रिया