टोकियो–अर्याल समाज जापानको प्रथम अधिवेशन हालै टोकियोमा सम्पन्न भएको छ । समाजका वरिष्ठ सल्लाहकार टिकाराम अर्यालको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन समाजका अध्यक्ष चेतन अर्यालले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार काशीराम अर्याल, बाबुराम अर्याल, वेदप्रसाद अर्याल, उपाध्यक्षद्वय गोविन्द अर्याल र विष्णु अर्यालले शुभकामना मन्तवय राख्नुभएको थियो ।
समाजका सल्लाहकार वेदप्रसाद अर्यालले समाजको स्थापना हुनुभन्दा अगाडिका चुनौतीहरुको बारेमा प्रकाश पार्नु भएको थियो । त्यसैगरी बाबुराम अर्यालले नेपाली नयाँ वर्षको शुभकामना साथै सबैमा मेलमिलाप र एकताको आव्हान गर्नुभएको थियो ।
मन्तव्यको क्रममा उपाध्यक्ष विष्णु अर्याल र गोविन्द अर्यालले समेत संस्था स्थापनाको उद्देश्य सहित विभिन्न किसिमका चुनौतीहरुसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा बोल्नु भएको थियो ।
समाजका सक्रिय सदस्य गंगा अर्यालले उपस्थित सबैमा स्वागत तथा शुभकामना दिनुभएको थियो ।
समाजका उपाध्यक्ष एवं विधान संयोजक गोविन्द अर्यालले समाजको विधान प्रस्तुत गर्नुभएको थियो । विधान प्रस्तुतसँगै उठेका विभिन्न प्रश्नहरुमा छलफल गरिएको थियो ।
कार्यक्रममा समाजको लागि विभिन्न क्षेत्रमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
अधिवेशनमा विधानका साथै महासचिव भानु अर्यालले पेश गर्नुभएको प्रतिवेदनको सर्वसम्मतबाट पारित गरिएको थियो ।
अथितिहरुलाई व्याज वितरण सुश्री ममता अर्यालले गर्नुभएको थियो ।
अधिवेशनको अन्तमा सभापतिले अर्याल बन्धुहरुको आत्मीयता, सद्भाव एवं एकतामा जोड दिंदै कार्यक्रमको समापन गर्नुभएको थियो ।***