काठमाडाैँ – जापानको कोवे स्थित सुमादेरा मन्दिरले नेपालको स्वयम्भूनाथ मन्दिरकै स्वरुपमा नयाँ मन्दिरको निर्माण गरेको छ । नेपालमा विनाशकारी भूकम्प गएको एक वर्ष पुगेको दिन अर्थात आउँदो बैशाख १२ गते जापानको कोवे शहरमा उक्त मन्दिरको उद्घाटन हुने कार्यक्रम रहेको छ ।
दुई देशको मित्रता बढाउने उद्देश्यले यस मन्दिरको निर्माण गरिएको बताइएको छ । एनआरएनका पूर्व अध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष देवमान हिराचनको नेतृत्वमा मन्दिर निर्माण भएको हो ।
जापानको कोवे शहरमा १९९५ मा ६.९ रेक्टर स्केलको भूकम्पमा परी ६५ सय भन्दा बढि मानिसको मृत्यु भएको थियो । त्यसपछि हिराचनले बुद्घिष्ट लामाहरुसँग सल्लाहमा सुमादेरा मन्दिरको स्थापना गरी पुजा अर्चना सुरु गर्नुभएको थियो । हिराचनले व्यक्तिगत खर्च र व्यक्तिगत चाहनामा छिट्टै दुःखबाट हट्ने, कोवे र जापानको पनि छिट्टै सुधार गर्न सकिन्छ भन्ने विश्वासका साथ ६ जना लामा पढाएर पुजा सुरुवात गर्नुभएको थियो ।
त्यस लगत्तै सुमादेरा मन्दिरको एक समूह नेपाल भम्रण गरेर–हामीले पनि नेपालको लागि केहि गर्नुपर्छ भनेर नेपालकै नमुना बुद्घिष्ट स्कूल पोखरामा स्थापना गरेको थियो । अहिले पनि उक्त बुद्घिष्ट स्कूलसित सम्बन्ध र सहयोग निरन्तर रहेको छ ।
नेपाललाई जापानमा एउटा परिचित गराउने ठूलो काम सुमादेरा प्रमुख, कोइके कुउसानले गर्नुभएको छ । अब छिट्टै नै नेपाल र जापान बीचको सम्बन्धलाई बढाउँदै नेपालको पर्यटन विकासमा आफ्नो सक्दो सहयोग रहने पनि प्रमुख, कोइके कुउसानले बताउनु भएको छ ।
तपाईको प्रतिक्रिया