Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौँ – काग्रेसको १३ औ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वकोलागि संस्थापनका सभापति उमेदवार रामचन्द्र पौडेल र अर्का सभापति प्रत्यासी नेतृ सुजाता कोइरालावीच साझा उम्मेदवारीको विषयमा तीन बुँदे सहमति भएको छ । बुधबार अवेर राति नेतृ सुजाता कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्दै उमेद्वारी फिर्ता लिने निर्णय गर्नुभएको हो ।
बुधबार उम्मेदवारी घोषणा लगत्तै दुई नेताबीच छलफल भएको र तीन बुँदे समझदारी पत्रमा सहमति बनेको हो । सहमति पत्रमा हस्ताक्षर गरेर पौडेलले सुजातालाई पठाएका छन । नेत्रृ कोइरालाले समेत सहमति पत्रमा हस्ताक्षर गरिसकेको आज विहान ९ बजे पौडेल र कोइरालाले संयूक्त पत्रकार सम्मेलन गरेर साझा उम्मेदवारीको घोषणा गर्ने कार्यक्रम समेत तय भएको छ । पत्रकार सम्मेलन मार्फत नेत्रृ कोइरालाले पौडेललाई समर्थन जनाउदै आफ्नो उम्मेदवारी फिर्ता लिने बताइएको छ ।
स्रोतका अनुसार सहमति अनुसार पौडेल सभापतिमा निर्वाचित भएपछि विधान संसोधन गरेर कोइरालालाई उपसभापति बनाउने उल्लेख छ । त्यसैगरी प्रधानमन्त्रीको अवसरमा कोइरालालाई नै पौडेलले समर्थन गरेर अघि बढाउने सहमति भएको छ ।
त्यसैगरी केन्द्रीय कार्य समितिमा मनोनयन गर्दा पाँच जना सदस्य कोइरालाको तर्फबाट गर्ने, विदेश विभाग र भातृ संगठन गठन गर्दा कोइरालासँग समन्वय गरेर सहमतिमा अघि बढ्ने रहेको छ ।

तपाईको प्रतिक्रिया