Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो- एनआरएन जापानको हालै सम्पन्न निर्वाचनको जारी मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्ष पदमा ४२८ मत प्राप्त गरी सुदन थापा अगाडि देखिएका छन् भने उनका प्रतिद्वन्द्वी द्वय नरबहादुर थापाले ३२३ र चिरञ्जीवि थापाले ३१९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, पाँच जना उपाध्यक्षका उम्मेद्वारहरुमा तासी वाङ्दी लामा निकै नै अगाडि देखिएका छन । उनले ५९९ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धीहरु क्रमश:  देवीलाल भण्डारीले ४३०, टंकप्रसाद गैरेले ३९९, संगीता अधिकारीले ३८२ र ऋद्धिन्द्र गिरीले ३९९ मत प्राप्त गरेका छन ।
यसैगी महासचिव पदमा अनुज थापाले मत ५३१  प्राप्त गरेका छन भने सरोज खत्रीले ४२४ मत  प्राप्त गरेका छन।

यसैगरी सचिवमा बुद्धिराज घिमिरेले ४६३ र बिष्णुप्रसाद घिमिरेले ३९६ मत प्राप्त गरेका छन । यसैगरी कोषाध्यक्षमा दिपक थापाले ५४६ मत गरेका छन भने भने प्रेमप्रसाद कँडेललाई ३१४ मत परेको छ ।

यसैगरी सदस्यहरुमा राम थापा (अनिल) ३९८, राजु केसी २९६,  सविता श्रेष्ठ ४४०, टिकाराम खरेल २७४, नारायणप्रसाद अधिकारी ३८२, श्रीभक्त गुरुङ २३४, नन्दलाल गैरे ३३६, ध्रुब बस्नेत २५१, कृष्णप्रसाद खरेल २४९, बिजया कार्की ११३, तिर्थनाथ सापकोटा १२८ र डिलाराम सापकोटाले २६८ मत प्राप्त गरेका छन् ।

आइसीसी सदस्यहरुमा पारसमणि पोखरेल ४७३, कपिलदेव थापाको ४३३, केशरकुमार गिरीको ५१५, तुल्सीराम खरेल ४८९ र अजिव गुरुङ (ओम) को ५२५ मत रहेको छ ।

आज अपरान्हबाट सुरु भएको मत गणना अहिले पनि जारी छ । टिबीआई ग्रुपको कार्यालय सिन्जुकुमा भैरहेको मतगणना तीव्र रुपमा अगाडि बढेको छ । मतगणना ५ समुहमा विभाजित भई मतगणना सुरु गरिएको हो । ***

तपाईको प्रतिक्रिया