टोकियोएनआरएन जापानको हालै सम्पन्न निर्वाचनको मतगणना यति खेर भइरहेको छ । टिबीआई ग्रुपको कार्यालय सिन्जुकुमा भैरहेको मतगणना तीव्र रुपमा अगाडि बढेको छ । मतगणना ५ समुहमा विभाजित भई फरक फरक क्षेत्रको मतगणना सुरु गरिएको हो । भर्खरै प्राप्त जानकारी अनुसार अध्यक्षका उम्मेद्वारहरु सुदन थापाले ३५, नरबहादुर थापाले २९ तथा चिरञ्जिवी थापाले ४० मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेद्वारहरु देवीलाल भण्डारीले ५५, तासी वाङ्दी लामाले ५९, टंकप्रसाद गैरे ४६, संगीता अधिकारी ४४ र ऋद्धिन्द्र गिरी ३५ मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेद्वार सरोज खत्रीले ४२ तथा अनुज थापाले ५० मत प्राप्त गरेका छन् भने सचिवका उम्मेद्वार बुद्धिराज घिमिरे ५१ र बिष्णु प्रसाद घिमिरे ३७ तथा कोषाध्यक्षका उम्मेद्वार दिपक थापाले ५५, प्रेमप्रसाद कँडेलले ३४ मत पाएका छन् । त्यसैगरि, सदस्यहरुमा राम थापा अनिलले ३५, राजु केसीले ३७, सविता श्रेष्ठले ५०, टिकाराम खरेलले ३३, नारायणप्रसाद अधिकारीले २९, श्रीभक्त गुरुङले ३२, नन्दलाल गैरेले २३, ध्रुब बस्नेतले ३१, कृष्णप्रसाद खरेलले ३०, बिजया कार्कीले ८, तिर्थनाथ सापकोटाले १७ र डिलाराम सापकोटाले १८ मत पाएका छन् ।
त्यसैगरि, आइसीसी सदस्यहरु पारसमणि पोखरेलले ४९, कपिलदेव थापा ४४, केशरकुमार गिरी ५६, तुल्सीराम खरेल ४१, ओम गुरुङ अजिवले ६३ मत प्राप्त गरेका छन् । मत गणना भने जारी छ ।
तपाईको प्रतिक्रिया