आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका केही स्थानमा सोमबार अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा चोकको पूर्वतर्फबो बाटो, कभर्ड हल पूर्वदेखि बनारसी चोकको पूर्व गुह्येश्वरा मोडदेखि घन्टाघरसम्म र जिल्ला प्रशासन कार्यालयको चारैतर्फका सहायक मार्ग, पावरहाउस चोक, राधेमाई चोक क्षेत्रमा निषेधाज्ञा लगाइएको प्रजिअ केशव घिमिरेले बताउनुभयो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ ९क० बमोजिम निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एकै ठाउ“मा पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेमा सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न र उक्त क्षेत्रमा कुनै किसिमको हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्नेछ ।

तपाईको प्रतिक्रिया