आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

पोखरा–‘हिंसा अन्त्य गर, महिला अधिकार सुनिश्चित गर’ भन्ने नारासहित सोमबार पोखरामा महिला सद्भाव र शान्ति र्‍याली निकालियो ।

पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको आह्वानमा निकालिएको उक्त र्‍यालीमा सहभागी महिलाले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । पोखराको सभागृहचोकबाट सुरु भएको र्‍याली सिर्जनाचोक, रत्नचोक, राष्ट्र बैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । उक्त र्‍यालीमा पोखराका २८ वटै वडाका महिला अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

र्‍यालीको समापनमा नगर महिला समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङले मुलुकमा महिला हिंसा अन्त्य गरी शान्ति र सद्भाव कायम गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया