आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

चितवन- राजनीतिक दल, मानवअधिकारवादी सङ्घ सङ्गठन, विद्यार्थीलगायतले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग गरेपछि आम हडतालबीच आज चितवनका सम्पूर्ण विद्यालय सञ्चालनमा आएका छन् ।

जिल्ला शिक्षा कार्यालय चितवनले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा सरोकारवालाले जो कसैबाट बन्द र हडतालको आह्वान भएपनि शिक्षण संस्था खुल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अधिकांश दलले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा सहमति जनाएका थिए । त्यस लगत्तै आमहडताल आयोजना गरेको थारु कल्याणकारी सभाका प्रतिनिधिहरुसँग प्याब्सन चितवनको पहलमा वार्तासमेत भएको थियो ।

वार्तापछि थारु कल्याणकारी सभाले विद्यालय सञ्चालन गर्न अवरोध नगर्ने प्रतिबद्धता जनाएको प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले बताउनुभयो ।

आज यस जिल्लाभर निजी र सरकारी विद्यालय सञ्चालन भएका छन् । निजी विद्यालयका बससमेत चलेको प्याब्सन चितवनका अध्यक्ष गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया