आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

सप्तरी- सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा यात्रुलाई गाडीबाट उतारेर आगजनी गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आगजनीबाट माइक्रोबस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले रुपनीको अवस्था तनावग्रस्त रहेको बताइएको छ ।

मधेसी मोर्चाले सप्तरीमा विगत १७ दिनदेखि बन्द जारी राखेको छ ।

तपाईको प्रतिक्रिया