आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं– अरुणपारिका नौ वटा जिल्लालाई लिम्बूवान प्रदेश घोषणा गर्नु पर्ने मागसहित संघीय लिम्बूवान पार्टीले आज पूर्वका नौ वटा जिल्लामा बन्द आह्वान गरेको छ ।

बन्दका कारण बिहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । बिभिन्न जिल्लाका सदरमुकाम तथा मुख्य बजारहरुमा बन्दकर्ताहरु बसेर यातायात सञ्चालनमा अवरोध गरेका छन् ।

बन्दका कारण कलकारखाना, शैक्षिक संस्था बन्द छन् । प्रहरीले अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताएको छ । तथापि बिगतमा भन्दा सुरक्षा ब्यबश्था कडा पारिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया