आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो– चितवन समाज जापानको विशेष अधिवेशनले सरोज कँडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार भएको समाजको अधिवेशनले उपाध्यक्षमा प्रकाश पौडेल र गुणराज थपलिया, महासचिवमा छविलाल सापकोटा, सचिवमा सन्देश पोख्रेल, कोषाध्यक्षमा राजन श्रेष्ठ र प्रवक्तामा मनिषा बाँस्तोलालाई चयन गरेको छ । सदस्यहरुमा मनोहर उप्रेती, शरद गुरुङ, हरिचन्द्र पौडेल, सतिश भट्टराई, सन्तोष चोखाल र बासुदेव लामिछाने चयन भए ।

भूषण घिमिरे, नारायण सुवेदी, ओम गुरुङ, अरुण श्रेष्ठ, सुदिप अधिकारी, अर्जुन अधिकारी, राजेन्द्र भट्टराई, विश्वराज कँडेल, डिलाराम खरेल, तुलसी खरेल, आत्माराम गैरे, टंक गैरे, लोकनाथ वस्ती रहेको सल्लाहकार समित समेत गठन भएको छ ।

चितवन जिल्लामा स्थायी बसोबास गर्ने जापानका नेपालीबीच आपसी सम्बन्ध सुदृढ गर्दै जिल्ला तथा जापानबासी चितवबासीहरुको सकारात्मक विकासको उद्देश्यसहित ७ वर्षअघि समाज गठन भएको थियो । जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईको प्रमुख आतिथ्यता तथा अधिवेशन आयोजक कमिटीका संयोजक भूषण घिमिरेको अध्यक्षतामा भेला भएको थियो ।

अध्यक्षमा चयन भएसँगै कँडेलले समाजको विधानमा केन्द्रित भइ उद्देश्य प्राप्तीका लागि आफ्ना सम्पूर्ण सहकर्मीसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको समाजकी प्रवक्ता बाँस्तोलाले जानकारी दिनुभयो ।

कार्यक्रममा एनआरएन जापानका अध्यक्ष पारसमणि पोख्रेल, आईसीसी उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका उपाध्यक्षद्वय नरबहादुर थापा र सुदन थापा, एनआरएन जापानका सल्लाहकार चिरञ्जीवी थापा, एनआरएन एसिया प्यासिफिक क्षेत्रको मानवीय सहायता कल्याणकारी समितिका संयोजक कपिलदेव थापा र आगामी सेप्टेम्बर ६ तारिखमा हुन गइहेको एनआरएन जापानको चुनावका उम्मेदवारहरुको शुभकामना मन्तब्य रहेको थियो । ***

तपाईको प्रतिक्रिया