आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं– अन्तरिम संविधान संशोधन नभए कांग्रेसको वैधानिकता सकिने भएको छ ।

अन्तरिम संविधानमा हरेक पाँच÷पाँच वर्षमा पार्टीको अधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने प्रावधान छ । कांग्रेसले पार्टीको आसन्न १३ औं महाधिवेशन छ महिना सार्न सकिने संवैधानिक व्यवस्था गर्न सोमबार बस्ने चार दलको बैठकमा अन्तरिम संविधान संशोधन गर्न प्रस्ताव राख्ने भएको छ ।

कांग्रेसले आफ्नो पार्टीमाथि आउन लागेको संवैधानिक संकट टार्न चार दलको बैठकमा संविधान संशोधनको प्रस्ताव राख्न लागेको हो ।

कांग्रेसको १२ औं महाधिवेशन भएको आगामी असोज पहिलो साता पाँच वर्ष पूरा हुँदैछ । कांग्रेसले घोषित मिति आगामी असोज २ देखि ५ गतेसम्ममा महाधिवेशन गर्न सकेन भने पार्टीको वैधानिकता समाप्त हुनेछ ।

कांग्रेसले सोमबारको चार दलको बैठकमा जटिल राजनीतिक अवस्थामा पार्टीको अधिवेशन छ महिनापछि सार्न सकिने व्यवस्था गर्न अन्तरिम संविधान संशोधन गर्ने प्रस्ताव राखेर सहमति जुटाउन प्रयास गर्ने जानकारी प्रवक्ता दिलेन्द्र बडुले दिए ।

संविधान संशोधन भएमा कांग्रेसलाई महाधिवेशन छ महिना पछि सार्ने वैधानिक बाटो खुल्नेछ ।

तपाईको प्रतिक्रिया