Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

रामेछाप – रामेछाप जिल्लाका भुकम्प प्रभावित बालबालिकाहरुको लागि विशेष खोप अभियान सञ्चालन हुने भएको छ । साउन ३० गतेबाट भदौ ९ गतेसम्म दादुरा-रुवेला विरुद्धको खोप सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत प्रणयकुमार उपाध्यायका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका २५ हजार ९५ बालबालिकालाई दादुर-रुवेला विरुद्धको खोप लगाइने भएको हो । दुई चरणमा विभाजन गरी जिल्लाको दुई नगरपालिका र ४५ वटा गाविसमा खोप अभियान सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।

खोप अभियानलाई सहज बनाउन गाविस तथा नगरपालिकाको वडामा खोप केन्द्र स्थापना गर्ने व्यवस्था गरिने भएको छ । तालिम प्राप्त स्वास्थ्य कर्मी र स्वयंसेवीहरुलाई सो अभियानमा परिचालन गर्ने कार्यालयले जनाएको छ ।

सरकारले भुकम्प प्रभावित बालबालिकाहरुमा विभिन्न माहामारी हुने जोखिम बढि भएकाले विशेष खोप अभियान सञ्चालन गर्न लागेको हो । रामेछापसहित भुकम्पबाट प्रभावित १४ जिल्लाहरुमा सरकारले सो अभियान सञ्चालन गर्न लागेको हो ।***

तपाईको प्रतिक्रिया