Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – दुई महिनाअगाडि रोजगारीको शिलशिलामा कोरिया पुगेकी एक युवतीलाई कोरिया सरकारले नेपाल फर्काइदिएको छ । स्याङ्जाकी कविता गुरुङलाई राहदानी नक्कली भएको भन्दै शुक्रबार नेपाल फर्काइएको हो । उनी कोरियन भाषा परीक्षा पास गरेर कोरिया पुगेकी थिइन् ।

अध्यागमनले गरेको अनुसन्धानमा औंठाछाप नमिलेपछि उनको तस्बिरसहितको राहदानीमा रहेको विवरण गलत रहेको पुष्टि गर्दै कोरियाले फिर्ता पठाएको हो । इपिएस उत्तीर्ण अर्कै व्यक्तिको नाममा नक्कली राहदानी बनाएर उनी कोरिया पुगेको आशंका अनुसन्धान अधिकारीको छ ।

गुरुङलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको थियो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नारायणप्रसाद भट्टले कोरियाले उनलाई नेपाल फिर्ता पठाउनुको कारण नक्कली राहदानी उल्लेख गरेको बताए । राहदानी नक्कली भएको भन्दै फिर्ता पठाएकाले सो घटनाबारे अनुसन्धानका लागि विभाग पठाएको र थप अनुसन्धान त्यतैबाट हुने उनले जानकारी दिए ।***

तपाईको प्रतिक्रिया