आइतबार, जेठ २०, २०८१
Sunday, June 2, 2024

टोकियो- जापानमा नेपालीहरुको सामुहिक पहलमा सञ्चालनमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुल जापानले गोरखा भूकम्प २०१५ बाट प्रभाबित जिल्लाहरुको शिक्षा क्षेत्रमा सहयोग गर्ने उदेश्यका साथ ‘बिल्ड अ फ़्युचर प्रोजेक्ट’ नामक योजना ल्याएको छ ।

यहि जुन ५ तारिखका दिन जापानी तथा नेपालीहरुको सहभागिता रहेको एक कार्यक्रमका बीच गरी उक्त प्रोजेक्टको घोषणा गरिएको हो । बिशेष गरी टोकियोको सुगिनामी वार्डका स्थानिय सरकारी तथा गैर-सरकारी निकायका पदाधिकारी र स्कुलसंग सम्बन्धित ब्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठले सो कार्यक्रमको उदघाटन मन्तब्य दिंदै नेपालमा गएको महा-भूकम्पबाट पीडितहरुका लागि संचालन गरिएको राहत संकलन कार्यमा बिभिन्न तवरबाट सहयोग गर्नुहुने जापानी तथा नेपाली महानुभावहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको थियो । उहाँले संकलित रकम मध्ये केहि रकम नेपाल पठाई सकिएको र बाँकी रकम भूकम्पबाट क्षतिग्रस्त बिध्यालयको पुननिर्माणमा लगाइने जानकारी दिनुभयो । सो कार्यक्रममा सुगिनामी अन्तरराष्ट्रिय सम्बन्ध बिभागका कार्यालय प्रमुख खाजुओ ताकाहासी, आसागाया पाल सेन्टरका प्रमुख मारुयामा, आसागाया कुमिन सेन्टरका प्रमुख कियोसी सुवा, सुगिनामी वार्ड सभाका सदस्य फ़ुजिओ वातानाबे, सुगिनामी रोटरीक्लबका अध्यक्ष मिचिओ तोमिता लगायतले नेपालमा गएको महा-भूकम्पले पुर्याएको ठूलो क्षतिप्रति दु:ख ब्यक्त गर्दै नेपालको पुननिर्माणमा आफ़्नो तर्फ़बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा एभरेष्ट इन्टरनेशनल स्कुल जापानका सल्लाहकार किरणबिक्रम थापाले महा-भूकम्प पश्चात जापानबासी नेपाली समुदायले गरेको उद्धार तथा राहत कार्यको बारेमा प्रकाश पार्नु भएको थियो भने कानागावा केनको अन्तरराष्ट्रिय सम्बन्ध बिभागका जिज्ञानकुमार थापाले नेपालको बर्तमान अवस्थाको बारेमा एक सामाग्री प्रस्तुत गर्नुभएको थियो । EIS

सो क्रममा उहाँले नेपालको शिक्षा क्षेत्र बढि प्रभावित भएकोले शिक्षा क्षेत्रको पुननिर्माणमा सबैको सहयोग आवश्यक रहेको बिचार ब्यक्त गर्नुभयो । यसैगरी, कार्यक्रमको प्रमुख बिषय रहेको ‘बिल्ड अ फ़्युचर प्रोजेक्ट’ को बारेमा एभरेष्ट स्कुलका प्रिन्सिपल प्रदिप थापाले एक सामाग्री प्रस्तुत गर्दै स्कुलको तर्फ़बाट संकलित राहत रकमले भूकम्पबाट प्रभावित बालबालिकाको शिक्षा दिक्षामा सहयोग गर्नुका साथै केहि बिध्यालयको पुननिर्माणमा सहयोग गरिने जानकारी दिनुभयो । उहांले उक्त प्रोजेक्ट मार्फ़त भबिष्यमा पनि नेपालको शिक्षा क्षेत्रमा कुनै न कुनै रुपमा सहयोग कार्य जारी राख्ने बिचार ब्यक्त गर्नुभयो ।
EISJ 2कार्यक्रममा उपस्थितहरुले नेपालको पुननिर्माणमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा उत्सुकता ब्यक्त गर्दै जापानको प्रबिधीलाई नेपालमा लैजान पहल गर्नुपर्ने सुझाब पनि दिनुभएको थियो । एभरेष्ट स्कुलमा कार्यरत ओजावा मोमोकोले कार्यक्रमको संचालन गर्नु भएको थियो । ***
EISJ 1EISJ 3

तपाईको प्रतिक्रिया