Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानले गणतन्त्र दिवसको अवसर पारेर ‘गणतन्त्रको उपलब्धि र चुनौती’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

आउँदो जुन २ तारिख आइतबारको दिन गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न संघसंस्था लगायत जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीलाई समेत निमन्त्रणा गरिएको मञ्चका महासचिव दावा लामा शेर्पाले जानकारी दिए । नेपाली राजनीतिक इतिहासमा भएका विभिन्न आन्दोलनहरूमध्ये २०५२ सालको जनयुद्ध हुँदै ६२-६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिबाट नै गणतन्त्र  सम्भव भएको हुनाले गणतन्त्रको क्रेडिट आफ्नो संगठनले लिएर कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष मोहन पौडेल बताउँछन् । यद्यपि गणतन्त्र प्राप्तिका लागि सबै राजनीतिक दलहरूको भूमिका उत्तिकै रहेको अध्यक्ष पौडेलको दाबी छ ।

जापानको टोकियो स्थित रोयल गार्डेन रेस्टुरेन्टमा गरिने उक्त कार्यक्रमको प्रचारप्रसारको काम तीव्र पारिएको प्रवक्ता जिपी लामिछानेले बताए । नेपालमा गणतन्त्र प्राप्तिका लागि आफ्नो संगठन मात्रै नभई अन्य संघसंस्था र संगठनको भूमिका पनि उत्तिकै रहेको हुनाले उहाँहरूको उपस्थितिलाई समेत जोड दिँदै निमन्त्रणा गरिएको मञ्चका उपाध्यक्ष बाबुराम पौडेलको भनाई छ ।

कार्यक्रममा एसिया प्रदेश संगठनका सहसंयोजक डा. भूपालमान श्रेष्ठ, सचिव भवानी पन्त, सदस्यहरू कालिका थापा, शालिकराम भण्डारी, हवलचन्द्र लामा, रामहरि पुडासैनी लगायतको उपस्थिति रहने छ । कार्यक्रमको समय दिउँसो २ बजेका लागि तोकिएको छ । ***

तपाईको प्रतिक्रिया