Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

नवप्रवेशी बिद्यार्थीहरुलाई एक समारोहका बीच स्वागत गरियो (फ़ोटोफ़िचरसहित) 

IMG_7727टोकियो – नेपाली पाठ्यक्रम अनुसार बिदेशमै पहिलो पटक स्थापना गरिएको एभरेष्ट इन्टरनेशनल स्कुल जापानले दोश्रो बर्ष पूरा गरी तेश्रो बर्षा प्रबेश गरेको छ । सो अवसरमा आज टोकियोको IMG_7715आसागायामा एक समारोहको आयोजना गरी नवप्रवेशी बिद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठको सभापतित्व र जापानस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तापस अधिकारीको प्रमुख आतिथ्यतामा उक्त स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा सुगिनामी कल्चरल एक्स्चेञ्ज एसोशिएसनका डाइरेक्टर खाजुहिरो ताकाहासी तथा स्कुल ब्यवस्थापन समितिका सदस्यहरु कपिलदेव थापा र बिश्वेश्वर रेग्मीको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तापस अधिकारीले नयाँ आगन्तुक बिद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो । सो क्रममा उहाँले पछिल्लो समयमा जापानमा बढ्दो नेपालीहरुको संख्यासंगै खुलेको एभरेष्ट स्कुलले नेपाली बालबालिकाको शिक्षाको आवश्यकतालाई पूरा गर्ने बिश्वास ब्यक्त गर्दै स्कुलको सफलताका लागि शुभकामना पनि ब्यक्त गर्नुभयो । सम्बोधनकै क्रममा अतिथि ताकाहासीले सुगिनामी वार्डमा नेपालीहरुको संख्या ५ बर्ष भित्रमा दोब्बर भएको जानकारी गराउँदै यसरी नेपालीको संख्या बृध्दि हुनुमा एभरेष्ट स्कुलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।IMG_7728

कार्यक्रमलाई नेपालबाटै नेपाल सरकार शिक्षा मन्त्रालयको तर्फबाट शिक्षा बिभागका महानिर्देशक डा. डिल्लीराम रिमालले स्काइपबाट सम्बोधन गर्नुभएको थियो । सो क्रममा उहाँले एभरेष्ट स्कुललाई नेपाल सरकारको तर्फबाट मान्यता दिईएको औपचारिक रुपमा जानकारी गराउँदै बिदेशमा नेपाली पाठ्यक्रम अनुसार शिक्षा मन्त्रालयको मान्यता प्राप्त स्कुलको रुपमा पहिलो स्कुल भएको पनि जानकारी गराउनुभयो । यससंगै अन्य देशमा बस्ने नेपालीहरुको लागि पनि नेपाली पाठ्यक्रम अनुसार पठन पाठन गराउन बाटो खुलेको पनि उहांले बताउनुभयो ।

IMG_7723उक्त स्वागत कार्यक्रममा कक्षा ४ की छात्रा सुमेरा थापाले आगन्तुकहरुका लागि स्वागत मन्तब्य राखेकी थिइन् भने कक्षा ३ कि छात्रा साकुरा उपाध्यायले नयां आगन्तुक बिद्यार्थीहरुलाई फूलको गुच्छाले स्वागत गरेकी थिइन् । स्वागत कार्यक्रममा सो स्कुलमा अध्ययनरत बिद्यार्थीहरुले बिभिन्न नृत्य तथा अभिनयहरु प्रस्तुत गरेका थिए भने प्रिन्सिपल प्रदिप थापाले स्कुलको आगामी शैक्षिक सत्रको योजनाको बारेमा जानकारी गराउंदै शिक्षक शिक्षिकाको परिचय गराउनुभएको थियो ।
कार्यक्रमको समापन गर्दै स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठले नवप्रवेशीहरुलाई स्वागत तथा बधाई ज्ञापन गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि सँधै झैं सम्पूर्ण अभिभावकहरुको सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो । साथै, उहाँले आगामी शैक्षिक सत्रदेखि एउटै परिवारका ३ जना तथा २ जना बच्चाहरु अध्ययन गर्नेहरुका लागि एकजनाको मासिक शुल्कमा क्रमश ५० र १५ प्रतिशत छुट दिईने निर्णय गरिएको र २ जना बिद्यार्थीका लागि छात्रबृत्तिको ब्यवस्था गरिने जानकारी गराउनुभएको थियो । सामुहिक राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रमको सञ्चालन शिक्षिका सिर्जना पाण्डेले गर्नुभएको थियो ।  फ़ोटो : एभरेष्ट इन्तरनेशनल स्कुल ***
IMG_7704 IMG_7705 IMG_7706 IMG_7707 IMG_7708 IMG_7709 IMG_7710 IMG_7711 IMG_7712 IMG_7713 IMG_7714
IMG_7717IMG_7718IMG_7719IMG_7720IMG_7721IMG_7722IMG_7725IMG_7726

तपाईको प्रतिक्रिया