आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- सरकारले आज मंगलबारदेखि १२ घण्टा सरकारी कार्यालय सञ्चालन गरेको छ ।

समान्य प्रशासन मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँ, मोरङ, रुपन्देही, बाँके, कैलाली, पर्सालगायतका जिल्लामा १ गतेदेखि र अन्यमा केही सातापछि दुई सत्र सेवा प्रवाह गरिनेछ । सरकारी कार्यालयमा दुई सिफ्टमा सेवा दिने कार्यक्रम उदघाटन गर्न सामान्य प्रशासन मन्त्रीसहितका अधिकारीहरु विभिन्न जिल्ला पुगेका छन् । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिट बिहानै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।

राहदानी तथा नागरिकता बनाउन, जग्गाको कित्ताकाट गर्न, उद्योग सञ्चालनका लागि कम्पनी दर्ता, चालक अनुमतिपत्र लिने, सवारी साधन दर्ता, विवाह दर्तालगायतका कामका लागि अब १० बजेका लागि बस्नुपर्ने झन्झट हटेको छ । मन्त्रालयका अनुसार यी कामका लागि विहान ६ बजे देखि साँझ ६ बजेसम्म सेवाग्राहीले सेवा लिन सक्नेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालका अनुसार यसका कार्यका लागि कार्यालयको वेबसाइट र फेसबुक पेज २४ घण्टा खुल्ला रहने गरि टोल-फ्री नम्बरको व्यवस्था गरिएको छ । उनले कार्यालयको सुरक्षा एवं सेवामा प्रभावकारितामा ध्यान दिनका लागि आफ्नो कार्यकक्षबाट प्रत्यक्ष अनुगमन गर्न १४ वटा सिसि क्यामेरा जडान गरिएको बताए ।

काठमाडौँ जिल्लाको सार्वजनिक सम्पत्ति घर जग्गाको बिवरण एकीकृत गरी अध्यावधिक गर्न मालपोत, भूमिसुधार, काठमाडौँ महानगर पालिका, वन लगायतका कार्यालयका प्रतिनिधि रहेको कार्य टोली गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया