आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी नेपाल आउने भएका छन् ।

बाल अधिकारका लागि भारतमा ठूलो अभियान सञ्चालन गरेका सत्यार्थी आगामी शुक्रबार नेपाल आउन लागेका हुन् । सत्यार्थीले संसद्को महिला तथा बालबालिका समितिका सदस्यसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय गरिएको छ । सत्यार्थीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालालगायत उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ ।

भारतका सत्यार्थी र पाकिस्तानी मलाला युसुफजाईलाई संयुक्त रुपमा यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । ***

तपाईको प्रतिक्रिया