आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

बीबी ट्रष्टद्वारा उत्कृट विद्यार्थी पुरस्कृत

काठमाडौं- बीबी ट्रष्टका अध्यक्ष तथा एनआरएन उपाध्यक्ष भवन भट्टले ‘यदुभट्ट विद्या पुरस्कार’ सबै भन्दा ठुलो राशिको शैक्षिक पुरस्कारको रुपमा स्थापित गर्ने योजना रहेको बताएका छन् ।

गोरखा जिल्लाबाट एसएलसीमा उत्कृष्ट अंक हासिल दुई विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ राशिको ‘यदुभट्ट विद्या पुरस्कार’ प्रदान गर्ने कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । पुरस्कार छात्रा अमिशा अधिकारी र निशान खत्रीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै उत्कृष्ट सामुदायिक विद्यालयतर्फ अकला उच्च माविलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ । उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले राजधानीमा आयोजित समारोहमा सो पुरस्कार प्रदान गरेका हुन् ।

गोरखा जिल्लाको शैक्षिक बिकास तथा प्रवर्धनका निम्ति बिबि ट्रष्टले ३५ लाख रुपैयाँ अक्षकोष राशिको उक्त पुरस्कार स्थापना गरेको हो ।

तपाईको प्रतिक्रिया