आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- एमाओवादी केन्द्रीय समिति बैठकले एक वर्षभित्र विशेष महाधिवेशन गरी नेतृत्व हस्तान्तरणको प्रकृया जान लागेको बुझिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा एक वर्षभित्र विशेष महाधिवेशन गरी नेतृत्व हस्तान्तरण सम्बन्धी विधि बनाउने शीर्ष नेतृत्वबीच सैद्धान्तिक सहमति भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच एउटै ब्यक्तिमा पार्टीको सबै शक्ति हुने परम्परालाई बदली नयाँ विधिको विकास गर्ने समझदारी भइसकेको छ ।

अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकमा बुदागत रुपमा आफ्नो धारणा राखेका छन् । उनले धारणा राख्ने क्रममा हालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाउने
प्रस्ताव गरेका छन् । अर्को वर्ष माघ, फागुनसम्म विशेष महाधिवेशन गर्ने उनको प्रस्ताव छ ।

तपाईको प्रतिक्रिया