आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय सदस्य र सभासदहरुले संविधान निर्माणमा प्रभावकारी भूमिका खेल्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा संविधानका विवादित विषयमा कांग्रेस एमालेलगायतका सत्तारुढ दलले पेश गरेको संयुक्त अवधारणामा अडिग रहन नेतृत्वलाई दवाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सभासदहरुले सबैले अपनत्व प्राप्त गर्नेगरी तोकिएको समयमा संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् ।

एकीकृत नेकपा माओवादीले जे भन्यो विगतमा त्यहि गरिएको भन्दै सदस्यहरुले आगामी दिनमा त्यस्तो भूल नगर्न सचेत समेत गराएका छन ।

बैठकमा संविधानका मुख्य विवादित विषयमा सहमति जुटाउन कुन-कुन विषयमा कति हदसम्म लचिलो हुने भन्ने सम्बन्धमा सभासद्हरुले आ-आफ्ना धारणा राखेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया