आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- एमाले केन्द्रीय कमिटीको बैठकले ६२ सदस्यीय पोलिटब्यूरो सदस्य चयन गरेको छ । ४७ पूर्ण र १५ बैकल्पिक पोलिटब्यूरो सदस्य चयन गरेको हो । एमालेमा महाधिवेशन भएको पाँच महिनापछि स्थायी कमिटी र पोलिट्ब्यूरो चयन भएको हो ।

पार्टी एकता बलियो बनाउनुपर्ने भन्दै दोस्रो र तेस्रो बरियताका नेताहरुले दबाब दिएपछि शीर्ष नेताहरु सर्वसम्मत स्थायी कमिटी र पोलिट्ब्यूरो चयन गर्न सहमत भएका थिए ।

पोलिट्ब्यूरोमा ओलीपक्षबाट १७ जना पूर्ण र ९ जना वैकल्पिक तथा नेपाल पक्षबाट १५ जना पूर्ण र ६ जना वैकल्पिक सदस्य चयन भएका छन् । १४ पदाधिकारीसहित बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र स्थायी समिति सदस्य मुकुन्द न्यौपानेसहित पोलिट्ब्यूरो ६२ सदस्यीय भएको छ । बैठक आगामी पुस १ गते दिउँसो २ बजे बस्नेछ ।

 

पोलिटब्युुरोका पूर्ण सदस्यहरु
१. केपी शर्मा ओली
२. झलनाथ खनाल
३. माधवकुमार नेपाल
४. वामदेव गौतम
५. विद्यादेवी भण्डारी
६. युवराज ज्ञवाली
७. अष्टलक्ष्मी शाक्य
८. भीम रावल
९. ईश्वर पोखरेल
१०. विष्णुप्रसाद पौडेल
११. घनश्याम भूषाल
१२. प्रदीप ज्ञवाली
१३. पृथ्वी सुब्बा गुरुङ
१४. गोकर्ण बिष्ट
१५. भीम आचार्य
१६. योगेश भट्टराई
१७. मुकुन्द न्यौपाने
१८. अग्नी खरेल
१९. अरुण नेपाल
२०. काशीनाथ अधिकारी
२१. किरण गुरुङ
२२. गणेश तिमिल्सिना
२३. गंगालाल तुलाधर
२४. छविलाल विश्वकर्मा
२५. थममाया थापा
२६. नागेन्द्र चौधरी
२७. प्रकाश ज्वाला
२८. प्रदिप नेपाल
२९. परशुमेघी गुरुङ
३०. पशुपति चौलागाईं
३१. बिन्दा पाण्डे
३२. बेदुराम भुसाल
३३. भानुभक्त ढकाल
३४. महेन्द्र पाण्डे
३५. यामलाल कँडेल
३६. रघुजी पन्त
३७. राजेन्द्र पाण्डे
३८. राधा ज्ञवाली
३९. रामनाथ ढकाल
४०. रामप्रित पासवान
४१. लालबाबु पण्डित
४२. विजय पौडेल
४३. विष्णु रिमाल
४४. शंकर पोखरेल
४५. सत्यनारायण मण्डल
४६. सुरेन्द्र पाण्डे
४७. श्रीमाया थकाली

वैकल्पिक सदस्यहरु
१. कर्ण थापा
२. गोकुल घर्ती
३. गोरख बोगटी
४. गौरा प्रसाईं
५. जगत विश्वकर्मा
६. जगन्नाथ खतिवडा
७. तुलबहादुर गुरुङ
८. दलबहादुर राना
९. बंशिधर मिश्र
१०. भागवत विश्वासी
११. युवराज कार्की
१२. योगनारायण यादव
१३. शत्रुघन महतो
१४. शेरधन राई
१५. सानुकुमार श्रेष्ठ

तपाईको प्रतिक्रिया