आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं –  रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सूचना तथा सन्चार मन्त्रीको निरंकुश शैलीको विरुध्दमा व्यवस्थापिका संसद अन्तर्गत पर्ने विकास समितिमा निवेदन दर्ता गराएका छन् । आइतवार कार्कीले सो समितिमा आफ़्नो निवेदन दर्ता गराएका छन् । बाबुराम
सरकारको पालामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त भएका कार्की शुसील कोइरालाको नेतृत्वमा गठन भएको सरकार लगत्तै सूचना तथा सन्चारमन्त्रीले हटाउने प्रयास गरेका थिए । सन्चार मन्त्री डा. मिनेन्द्र रिजालले रेडियो नेपालमा कार्यरत काँग्रेस समर्थित युनियनलाई उचालेर उनलाई निकाल्ने प्रयास असफल भएपछि निजलाई काजमा अहिले मन्त्रालयमा सरुवा गरिएको छ ।

विकास समितिमा दर्ता गरिएको निवेदनमा निर्देशक कार्कीले सूचना तथा सञ्चार मन्त्रीमा डा. मिनेन्द्र रिजाल मन्त्री नियुक्त भएपछि काँग्रेसनिकट कर्मचारीहरुलाई बोलाएर मेरा विरुध्द आन्दोलन गर्न लगाएको आरोप छ । मन्त्रालयमा बोलाएर राजीनामा गर्न दवाव दिएको, राजीनामा नदिएपछि सुनियोजित रुपमा दुःख दिएको, झुठा आरोप लगाई स्पष्टिकरण सोधेको, विभिन्न निकायबाट प्राप्त गरेको वैदेशिक भ्रमणहरु रद्द गरेको, आफुलाई हटाउन मन्त्रीपरिषद्मा प्रस्ताव लगेको, व्यापक मानसिक तनाव हुने गरी  मेरो विरुध्द हुदैं नभएको
आरोपहरु लगाएको लगायतका आरोपहरु लगाएका छन् । ***

तपाईको प्रतिक्रिया