शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले माघ ८ मा संविधान नआए सुशील कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

अहिले संविधान जारी गर्ने महत्वपूर्ण अवसर भएको भन्दै शर्माले सहमति गर्न नसके माघ ८ पछि सुशील कोइराला वा केपी ओली कोही पनि प्रधानमन्त्री नबन्ने चेतावनी दिए ।

सत्तारुढ दलहरु सहमति नगरी प्रक्रियामा जाने मौका खोजिरहेको दाबी गर्दै नेता शर्माले गणितीय बलमा संविधान ल्याउन खोजे आफूहरु जनतामा जाने चेतावनी दिए ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शर्माले भने – ‘गणितीय बलमा संविधान ल्याउन खोजे मुलुक भिडन्तमा जान्छ’, शर्माले भने, ‘प्रधानमन्त्री बन्न खोजेकाहरु कोही पनि प्रधानमन्त्री बन्दैनन । मुलुक ठूलो द्धन्दमा फस्छ ।’

संघीयतालाई थाति राखेर जारी गर्ने संविधान आफुहरुलाई मान्य नहुने बताउँदै शर्माले एमालेको प्रस्तावमा काग्रेस लतारिएर जानु अनुपयूक्त भएको तर्क गरे । शर्माले संवाद समितिका सभापतिविरुद्धको प्रस्तावमा प्रधानमन्त्रीले हस्ताक्षर गर्नु अनुचित भएको समेत टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया